• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जनमत पार्टीका नेताकार्यकर्ता रिहा

    1.6K
    SHARES



    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाएका छन् ।

    उक्त पार्टीले सोमबार आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।

    अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाएका हुन् ।

    यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ललितपुरको बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपाल सरकारका मन्त्री किन पुगे भनेर प्रश्न उठाएका छन् ।

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रीको कार्यशैली प्रति प्रश्न उठाएका हुन् ।

    आन्दोलनका बिचमा पुगेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालामाथि हातपात हुनुका साथै उनको गाडीमाथि आगजनी भएको थियो । आन्दोलनका क्रममा दुई जना युवकको मृत्यु समेत भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ