• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेरो कुरा कसैले नबुझ्दा पीडा हुन्छ- पर्यटनमन्त्री किराती

    1.3K
    SHARES



    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो गरेका छन् ।

    नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्रि किरातीले यस्तो बताएका हुन् ।

    आफूले नेपालीपनको पर्यटन नेपालमा विकास गर्नुपर्छ भन्दै आएको भन्दै उनले भने, ‘नेपालको प्रकृति भव्य छ, संस्कृति भव्य छ, संस्कृति र प्रकृतिको समायोजनबाट हुने पर्यटन नेपालीपनको हुन्छ ।’

    यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै उनले काठमाडौंमा मात्र विकास गरेर पर्यटनको विकास नहुने बताएका छन् ।

    गाउँमा नयाँ पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सोहीकारण सम्पदा गाउँ, सांस्कृतिक गाउँको कुरा गरेको उनले बताए । तर, यसको सुनुवाइ हुन नसकेको उनको गुनासो छ ।

    नेपालका जात्रा महोत्सवहरुलाई अन्तर्राष्ट्रियकरण गर्न नसकिएको उनले स्वीकार गरे । ‘कुनै देशमा गोरू जुधाएको हेर्न एक महिना अगाडिदेखि टिकट बुकिङ गर्छ, हामीले त्यस्ता गोरू कति जुधायौं जुधायौं,’ उनले भने, ‘भक्तपुरमा जिब्रो छेड्ने मौलिक जात्रा छ, त्यही जात्राको एक रातमै ५ लाख पर्यटक भित्र्याउने संकल्प हामी किन गर्न सक्दैनौं ?’ यो विना बोकेर कस्तुरी उफ्रिएजस्तै भएको उनले बताए ।

    नेपालका उच्च भेगमा रहेका गोठहरुलाई आयस्रोतको माध्यम नबनाउने हो भने त्यहाँको गोठालो जीवनको समेत अन्त्य हुने भन्दै उनले यसलाई जोगाउन पर्यटनसँग जोड्न सुझाव दिए । ती भेगमा पर्यटकले आफैं चौंरी दुहुने, आफैं मही पार्ने, आफैं पकाउने कुराको ब्राण्डिङ गर्न सकिने उनको भनाइ छ ।

    नेपालमा हिमाल चढ्दा एउटा मन्त्री भएकोमा फर्किंदा अर्के भइसक्ने परिपाटी रहेको भन्दै उनले आफूले कुनै लोभविना काम गरिरहेको पनि बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ