• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पृथ्वी जयन्तीमा राप्रपाले चियापान गर्ने

    1.5K
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने भएको छ ।

    राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले ३०२ औं पृथ्वी जयन्ती केन्द्रमा विविध कार्यक्रमका साथ मनाउने र सोही कार्यक्रमअनुसार काठमाडौँमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    यस्तै भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकसम्म ऱ्याली गर्ने र “पृथ्वीनारायण” शीर्षकमा ४० वर्ष मुनिका युवा कविता प्रतियोगिता गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    साथै, काठमाडौँ, ललितपुर, भक्तपुर बाहेक ७४ जिल्लामा पनि पृथ्वी जयन्ती मनाउने र सोका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ