• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मन्त्री ज्वालाका पीएसओ र गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई कारबाही

    1.8K
    SHARES



    काठमाडौँ । बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र आन्दोलनकारीमाथि बल प्रयोगको आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ ।

    बालकुमारी घटनामा २ जना युवाको मृत्यु भएपछि मन्त्री ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो ।

    प्रदर्शनका क्रममा सुक्रबार अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । बालकुमारी घटनामा पीएसओ र प्रहरी अधिकारीको कमजोरी देखिएकाले निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । प्रदर्शनका क्रममा मन्त्री ज्वालाको गाडीमा आगजनीसमेत भएको थियो ।

    छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए । यस्तै प्रधानमन्त्री प्रचण्डले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताएका छन् ।

    शनिबार बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरुसँग बालकुमारी घटनाबारे ब्रिफिङ लिएका थिए ।  प्रधानमन्त्री प्रचण्डले भने,‘आज बिहान मात्रै गृह मन्त्रालय र सम्बन्धित सुरक्षा अधिकारीहरु, प्रमुख जिल्ला अधिकार सबैको चाहिँ संयुक्त बैठक बसेर हामीले यथार्थ पत्ता लगाउने कोसिस गर्याैँ । र, अनि तुरुन्तै राजनीतिक तहमा पनि छलफल गरेर केही कदमहरु चाली सकिएको छ । हामीले यो आईपीएस अफिसबाट केही कमजोरी भएको महसुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ । अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको छ ।’

    यस्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक शनिबार बस्ने जानकारी दिए । मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तुरुन्तै राहत दिने निर्णय गर्ने पनि जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ