• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    रुसद्वारा युक्रेनका शहरहरूमा हवाई आक्रमण

    1.8K
    SHARES



    काठमाडौँ। रुसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रवार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि यो आक्रमण भएको हो ।

    किएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिनुभएको छ । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि रुसले हवाई आक्रमण गरेको शहरका मेयर र प्रहरीले बताएका छन् ।

    खार्किभ क्षेत्रको प्रहरीले भनेको छ, ‘रुसले एस-३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त शहरमा आक्रमण गरेका छन् । खार्किभमा १० वटा विष्फोट भएका छन् तर त्यहाँ विशेष सेवाहरू तुरुन्तै स्थापित भएका छन् ।’

    सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।

    रुसले मङ्गलवार युक्रेनी आक्रमणले क्रिमियाको कब्जामा रहेको फियोडोसिया बन्दरगाहमा रहेको एक युद्धपोतमा क्षति पुगेको स्वीकार गरेपछि युक्रेन र उसका पश्चिमी मित्रराष्ट्रहरूले रुसी नौसेनाका लागि ठूलो धक्का भएको बताएका थिए ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा आफ्नो वायु सेनाले नोभोचेरकास्क अवतरण गर्ने जहाजमाथि आक्रमण गरेको बताएका छन् ।

    रुसको रक्षा मन्त्रालयले त्यो जहाजलाई निर्देशित हवाई क्षेप्यास्त्रले क्षति पुर्‍याएको जनाएको छ । युक्रेनको सेनाले पूर्वी क्रिमियाली बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण गरी रुसी नौसैनिक जहाज ध्वस्त पारेको जनाएको छ ।

    बिहीवार जेलेन्स्कीले युक्रेनका लागि उपलब्ध हतियारको अन्तिम बाँकी प्याकेज जारी गरेकोमा संयुक्त राज्य अमेरिकालाई धन्यवाद दिएका छन्छ । जेलेन्स्कीले किएभको मुख्य समर्थक अमेरिकाको नीतिमा कुनै पनि परिवर्तनले युद्धको क्रममा कडा प्रभाव पार्न सक्छ ।

    जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘म राष्ट्रपति जो बाइडन, अमेरिकी संसद् र अमेरिकीप्रति २५ करोड अमेरिकी डलरको सैन्य सहायता प्याकेजका लागि धन्यवाद दिन्छु । युक्रेन र युरोपमा मात्र होइन, संयुक्त राज्य अमेरिकामा पनि स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न हामीले जारी रुसी आक्रमणको जवाफ दिइरहनुपर्छ’, उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया