• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इजरायली आक्रमणमा ५० जनाको मृत्यु

    1.7K
    SHARES



    काठमाडौँ। इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

    गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल-मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले विज्ञप्ति जारी गर्दै आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

    साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चौकमा इजरायली बमबारीमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।

    यस्तै, इजरायलका एक मन्त्रीले हिजबुल्लाहले आक्रमण जारी राखेमा इजरायली सेनाले लेबनानको सीमाबाट हिजबुल्लाहलाई हटाउन कारबाही गर्ने चेतावनी दिएका छन् ।

    यदि विश्व र लेबनानी सरकारले उत्तरी इजरायलमा चरमपन्थीहरूको गोलाबारी रोक्न नसके इजरायली सेनाले हस्तक्षेप गर्ने मन्त्री बेनी गान्ट्जले बताएका हुन् ।

    उनले अब कूटनीतिक समाधान खोज्ने समय सकिएको बताएका हुन् । अक्टोबर ७ मा हमास र इजरायलबिच सुरु भएको युद्धपछि इजरायल र लेबनानबिचको सीमा क्षेत्रमा गोली हानाहानका घटनाहरू बढेका छन् । जसका कारण गाजाको युद्ध सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चिन्ता पनि बढिरहेको छ ।

    ‘इजरायलको उत्तरी सिमानामा स्थिति परिवर्तन गर्न आवश्यक छ,’ गान्ट्जले बुधबार पत्रकार सम्मेलनमा भने, ‘कूटनीतिक समाधानको लागि समय सकिँदैछ, यदि विश्व र लेबनानी सरकारले उत्तरमा इजरायलको गोलाबारी रोक्न र हिजबुल्लाहलाई सीमाबाट हटाउन कदम चालेन भने इजरायली सेनाले गर्नेछ ।’

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया