• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    समाजवादी मोर्चाको बैठक- नेतृत्व परिवर्तनसहितका एजेन्डामाथि छलफल

    2.2K
    SHARES



    काठमाडौँ । समाजवादी मोर्चाले चारवटा एजेन्डा अगाडि सारेर छलफल गरेको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा ४ एजेन्डामाथि छलफल भएको हो ।

    बैठकमा मोर्चामा सम्बद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सहभागी रहेका थिए । आजको बैठकमा प्रचण्ड, माधव नेपाल, नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आफना धारणा राखेका थिए ।

    बैठकमा समाजवादी मोर्चाले अहिलेसम्म गरेका काम कारबाहीको समीक्षा, मोर्चाको आगामी कार्यक्रम, नेतृत्व परिवर्तनका साथै देशको समसामयिक राजनीतिलाई एजेन्डा बनाइएको छ ।

    यस्तै नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डमाथि काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी पनि छलफलको विषय बनेको छ । आजको छलफलमा आफूहरु विरुद्धको पक्राउ पुर्जीका विरुद्धमा समाजवादी मोर्चाले विज्ञप्ति जारी गरेकोमा विप्लव र प्रकाण्डले धन्यवाद दिए ।

    मुद्दा खारेजीका लागि समाजवादी मोर्चाले पहल गर्नुपर्ने विप्लवको भनाइ रहेको थियो । विप्लव र प्रकाण्डमाथि जारी पक्राउ पुर्जीबारे आफूहरू गम्भीर रहेको प्रचण्ड र माधव नेपालले बताएका थिए । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आजको बैठकमा एजेन्डाको प्रवेश मात्र भएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ