• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सवारी दुर्घटनामा चालकसहित ५ जना घाइते

    1.3K
    SHARES



    तनहुँ । तनहुँमा भएको जिप दुर्घटनामा परि चालकसहित ५ जना घाइते भएका छन् ।

    मंगलबार बिहान आबुखैरेनी गाउँपालिका वडा नम्बर ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बा १७ च ७९६० नम्बरको बोलेरो जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    आबुखैरेनी तर्फबाट मुग्लीङ तर्फ जाँदै गरेको सो जिपमा सवार घाइतेहरुलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी र नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार गरेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेमा जिप चालक कैलालीका दयाराम रानासहित यात्रुहरु सुर्खेतका थानेश्वर भट्टराई, निबस खत्री, दार्चुलाका राकेश भट्ट र कैलालीका खगेन्द्रराज पनेरु रहेका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने १ जनाको भरतपुरमा उपचार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ