• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    क्रान्तिकारी पोखरा विश्वविद्यालयको उपत्यका जिल्ला भेला सम्पन्न

    1.3K
    SHARES



    काठमाडौँ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पोखरा बिस्वबिध्यालय उपत्यका जिल्ला समन्वय समितिको सातौ जिल्ला भेला काठमाडौँमा सम्पन्न भएको छ ।

    आइतबार समितिको काठमाडौँमा सम्पन्न भएको भेलाले प्रवेश रुम्बाको अध्यक्षतामा १९ सदस्सीय जिल्ला समिति चयन गरेको छ  । नव निर्वाचित अध्यक्ष रुम्बाले आफुहरु विद्यार्थीको हक हितका लागि लड्ने प्रतिबद्धता जनाएका छन्।

    भेलामा प्रमुख अथिति मिलन राइ बिशेष अतिथि बिध्यार्थि सङ्गठन फ्याक्सन इन्चार्ज हरीकृष्ण गजुरेल बिध्यार्थि सङ्गठनका सह संयोजक पेशल दाहाल लगायतका नेताहरुले मन्तब्य राखेका थिए । भेलामा मन्तव्य राख्दै अध्यक्ष राईले आफ्नो संगठन शहिदको रगतबाट जन्मिएको संगठन भएका कारण बिद्यार्थीको हक हित र देशको समसामयिक बिषयमा सबै भन्दा पहिला सडकमा निस्किने जुझारु र क्रियाशील संगठन भएको दाबी गरेका छन्।

    यस्तै भेलामा बोल्दै अर्का अथिति हरि कृष्ण गजुरेलले आफुहरु जहिले पनि देशको महंगी भ्रष्टाचार र कमिशनका बिरुद्ध लड्दै आइएको र आगम्नी दिनमा पनि सोही प्रकारको संघर्ष गर्न अग्र पंतिमा रहेर लड्ने भएका कारण नव निर्वाचित समितिको काधमा त्यस प्रकारको दायित्व रहेका बताएका थिए।

    यस्तै अर्का अथिति पेशल दाहालले देशका तमाम समस्याका साथै राष्ट्रियता र जनतन्त्रका पक्षमा तथा राष्ट्रघात र जनघातका बिरुद्ध लड्ने सडक बाघ संगठनको पहिचान बनाएको आफ्नो संगठनले आगामी क्रान्तिको बाकी कार्यभार सम्हाल्न माउ पार्टीले लिएको नीति तथा कार्यक्रमलाइ सघाउन र पार्टीका योजना कार्वानयन गर्न पनि बलियो पिल्लरको भूमिकामा उभिनुपर्ने भएकाले सोही अनुसार खट्न नव निर्वाचित समितिलाइ निर्देशनात्मक भनाइ राखेका थिए।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ