• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    करण चौधरी नाडाको अध्यक्ष बन्ने

    1.3K
    SHARES



    काठमाडौँ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को आगामी कार्यकालका लागि करण चौधरी अध्यक्ष बन्ने भएका छन् ।

    नाडा अध्यक्षको प्रतिस्पर्धामा चौधरी र आकाश गोल्छा थिए । तर लामो समयको कसरतपछि आगामी कार्यकालको लागि अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा नियुक्त गर्ने सहमति भएको नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाले बताएका छन् ।

    उनका अनुसार सहमतिमा अध्यक्ष चुन्न लामो समयदेखि प्रयास भइरहेको थियो । ‘सहमतिमा अध्यक्ष चुन्ने विषय लामो समयदेखिको प्रयास हो । प्रतिस्पर्धीहरू प्रचार-प्रसारमा व्यस्त हुँदा हामी दुवै पक्षलाई मनाउन कसरत गरिरहेका थियौं,’ उनले भने ।

    थापाका अनुसार चुनाव नजिकिएसँगै उनको दुवै पक्षसँग छलफल बाक्लियो । सोमबार करिब १० घण्टा लामो छलफल भयो । छलफलमा थापासँगै नाडाका अन्य सदस्यहरू र पूर्व नेतृत्वकर्ताहरू समेत उपस्थिति थियो ।

    मंगलबार भने आगामी कार्यकालको अध्यक्षमा चौधरी हुने सहमति भएको हो । यो सहमतिलाई थापा ऐतिहासिक सहमति बताउँछन् ।

    अध्यक्षका आकांक्षी रहेका अन्य उम्मेद्वारको व्यवस्थापनको लागि नाडाले आफ्नो विधान नै संशोधन गर्ने भएको छ ।

    अध्यक्ष थापाका अनुसार आगामी तीन महिनाभित्र नाडाले विशेष अधिवेशन बोलाउनेछ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने व्यवस्था गरिनेछ ।

    अहिलेको सहमति अनुसार गोल्छा विशेष अधिवेसनपछि वरिष्ठ उपाध्यक्ष बन्नेछन् । यसको अर्थ चौधरीपछिको कार्यकालमा गोल्छा स्वतः अध्यक्ष बन्‍नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ