• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कोहलपुरमा टिपरको ठक्करबाट १३ जना घाइते

    2.5K
    SHARES



    काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

    सोमबार आज बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा घाइते भएका हुन् ।

    घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका-७ की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका-४ बस्‍ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी-४ का ४७ वर्षीय प्रेम चदारा रहेका छन् ।

    यस्तै गुलरिया बाह्रबर्दिया-९ की २० वर्षीया अन्जु चौधरी, कोहलपुर-१० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका-६ बस्‍ने ३१ वर्षीया अप्सरा बुढाथोकी,बैजनाथ गाउँपालिका-५ बस्‍ने २० वर्षीया सपना परियार घाइते भएकी छन् ।

    यस्तै बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी नगरपालिका-२ बस्‍ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका-६ बस्‍ने ३० वर्षीय करण डडेल, कोहलपुर नगरपालिका-५ बस्‍ने ४० वर्षीया टीका कुमारी डीसी , बैजनाथ गाउँपालिका-३ बस्ने ५८ वर्षीय पठे एरी र म्याजिक चालक कोहलपुर-२ बस्‍ने २७ वर्षीय प्रदीप विक घाइते छन् ।

    उनीहरूमध्‍ये ७ जना सामान्य उपचार गरेर घर फर्किइसकेका छन् भने बाँकी ६ जनाको उपचार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

    भ्यानलाई ठक्कर दिने टिपर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ