• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ यात्रु घाइते

    2.5K
    SHARES



    काठमाडौँ। पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ ।

    आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो ।

    मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो । बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    रत्नहरि मेमोरियल अस्पताल तनहुँमा सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई, पूर्णबहादुर गुरूङको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइते भएका बविता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, दीपा थापा, सुमित्रा राई, जुनु भट्टराई, पूर्णिमा भट्टराईलाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया