• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बेपत्ता युवक खोज्न भोलि सेतीको बाँध खोलिँदै, तल्लो तटीय क्षेत्रमा सचेत रहन आग्रह

    4.2K
    SHARES



    काठमाण्डाै । पोखरामा बेपत्ता एक युवकको खोजीका लागि भोलि बिहीवार सेती नदीको बाँध खोलिने भएको छ ।

    तनहुँ घर भई पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र अस्ति साेमवार २५ गतेदेखि सम्पर्कविहीन रहेको र सेतीमा हाम फालेको आशङ्का गरिएको छ ।

    बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।

    बुवा हरिप्रसाद औषधि लिन गएका बेला संगम इमर्जेन्सी वार्डबाटै सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ । खोजी गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको छ ।

    थप खोजीका लागि भोलि सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिएका छन् ।

    पोखरा महानगरपालिका-१६ दीपमा बनेको ड्याम भोलि दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ