• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘महिला उद्यमीहरू अगाडि आउँदा अर्थतन्त्रको क्षेत्रमा प्रभावकारी परिणाम आउँछ’

    1.8K
    SHARES



    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको केस लाग्नेहरू मध्ये ९९ प्रतिशत पुरूष रहेको बताएका छन् ।

    बुधबार काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले महिलाहरू सुशासन र सामाजिक न्यायको उभिँदै आएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

    ‘मेरो दिमागमा के छ भने भ्रष्टाचारको केस लाग्नेहरू मध्ये ९९ प्रतिशत पुरूष छन्, महिला छैनन् । महिलाहरू सुशासन, सामाजिक न्यायको पक्षमा हुन्छन् । किनभने, घरभित्र परिवारभित्र सबैलाई मिलाएर सबैलाई माया गरेर राम्रो संयोजन गर्ने भूमिकामा महिला नै छन्, नेपालमा ९९ प्रतिशत त्यस्तो भूमिकामा छन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    उनले उद्योग, अर्थतन्त्रको क्षेत्रमा महिला उद्यमीहरू अगाडि आउँदा प्रभावकारी परिणाम आउन सक्ने बताए । ‘पुरूषको भन्दा राम्रो परिणाम आउन सक्छ,’ उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ