• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एनसेल बिक्रीसम्बन्धी अध्ययन समितिले प्राधिकरणसँग माग्यो कागजात

    881
    SHARES



    काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको समितिले नेपाल दूरसञ्चार प्राधिकरणसँग केही कागजात मागेमाग गरेको छ ।

    समितिले विभिन्न सरोकारवाला र विज्ञहरुसँग छलफल गरी कागजात मगाएको समितिका अध्यक्ष टंकमणि शर्माले बताए । ‘एनसेलको ८० प्रतिशत शेयर ओगट्ने कम्पनीको खरिद बिक्रीपूर्व आजियटाले प्राधिकरणबाट कुनै अनुमति लिएको थियो कि थिएन ? पूर्वजानकारी भयो कि भएन भनेर सोधिएको छ’, उनले भने, ‘अनुमति बिना नै स्वामित्व परिवर्तनको निर्णय हुँदा तपाईंहरुको भूमिका के हो भनेर सोधिएको छ ।’

    त्यसका साथसाथै पटकपटकको खरिदबिक्रीको पूर्वजानकारी, विदेशी मुद्रा सटहीका लागि दिएको स्वीकृति लगायतका विषयमा समेत सोधिएको छ । प्राधिकरणलाई लेखेको पत्रबारे उनले भने, ‘यससम्बन्धी जे जस्ता कागजात छन्, तत्काल उपलब्ध गराइदिनु भनी पत्राचार भएको हो ।’

    मंगलबार नै समितिले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल अनि अरु सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर छलफल गरेको छ । त्यसैगरी अरु सरोकारवालाहरुसँग पनि छलफल थालिएको समितिका अध्यक्ष शर्माले बताए ।

    एनसेलमा ८० प्रतिशत हिस्सो शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ