काठमाडौं । आज आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजार ३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख १७ हजार ५ सय रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९ सय ५० र चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार एक लाख १८ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २ सय ५० मा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४ सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया