• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ताप्लेजुङको फुङलिङस्थित १ घरमा आगलागी, ५ लाख बराबरको क्षति

    1.4K
    SHARES



    काठमाडौँ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारस्थित एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

    शनिबार बिहान फुङलिङ नगरपालिका-५ उकालीपानीस्थित लालबहादुर गुरुङको घरमा आगलागी भएको हो ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट ढुंगा, माटो र जस्तापाताको प्रयोग गरिएको घर पनि पूर्ण रूपमा जलेको छ ।

    घरभित्र भएको खाद्यान्न, भाँडावर्तन, लत्ता कपडालगायत सामग्री जोगाउन नसकिएको स्थानीय विष्णु तिवारीले बताए ।

    तिवारीका अनुसार नजिकै रहेको अर्को घर भने जोगाउन सफल भएको छ । नगरपालिकाको दमकल, सेना, प्रहरी तथ स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया