• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मनरा शिसवा नगरपालिकाले विपन्न परिवारका सदस्यको सामुहिक विवाह गरिदिने

    2K
    SHARES



    काठमाण्डाै । महोत्तरीको मनरा शिसवा नगरपालिकाले विपन्न परिवारका सदस्यको सामुहिक विवाह गरिदिने भएको छ ।

    नगरपालिकाले पुस १ गते विवाह पञ्चमीको अवसर पारेर विपन्न परिवारका सदस्यको विवाह गरिदिन लागेको जनाएको हो ।

    नगरपालिकाले आज बिहीवार सूचना निकालेर पुस १ गते विवाह गर्न चाहने जोडीले यही मङ्सिर २५ गतेभित्र निवेदन दिन भनेको छ । दुलहा–दुलहीका लागि लुगा-कपडादेखि विवाहका लागि लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै बेहाेर्ने सूचनामा भनिएको छ ।

    विवाह कार्यक्रममा बेहुला, बेहुलीको तर्फबाट बढीमा १५/१५ जनामात्र सहभागी हुन पाइने र बेहुली अनिवार्यरूपमा मनरा शिसवा नगरपालिकाकै हुनुपर्ने सूचनामा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया