• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई प्रतिउडान ५ लाख दिने तयारी छ- मन्त्री किराती

    1.5K
    SHARES



    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन रकम दिने तयारी भएको बताएका छन् ।

    लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री किरातीले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी गृहकार्य भइरहेको बताएका हुन् ।

    ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनामस्वरुप प्रत्येक उडानको ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं’, मन्त्री किरांतीको भनाइ उद्धृत गर्दै प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायी सञ्जीव जोशीले भने ।

    नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) को लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न दबाब दिँदै काठमाडौं पुगेको छ ।

    उक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री किरांतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन र जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा आफू पनि रहेको बताए ।

    तर सरकारी ब्यवस्थापनमा समस्या भएमा निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि उडान नियमित गर्ने उनले प्रतिवद्धता जनाएका नाट्टाका अन्तर्राष्ट्रिय हवाइ यातायात समन्वय समितिको संयोजकसमेत रहेका जोशीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ