• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु

    2.2K
    SHARES



    इजरायल। हमासबीचको युद्धविराम सकिएपछि शुरु भएको आक्रमणमा आज ३२ जनाको ज्यान गएको छ ।

    इजरायली सेनाले आक्रमण शुरु गरेको ३ घण्टामा ३२ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता पिटर लेर्नरले हमासले आफ्नो वचन पूरा नगरेका कारण अब हमासलाई अन्त्य गरेर बाँकी बन्धक फिर्ता ल्याउन युद्ध शुरु गरेको बताएका बीबीसीले जनाएको छ ।

    हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ । युद्धविरामले गाजामा बन्दी बनाइएका १ सय जनाभन्दा बढी रिहा हुन सफल भएका छन् ।

    अझै झण्डै १ सय ४० जना बन्धक रिहा हुन बाँकी छन् । युद्ध पुनः शुरु भएसँगै गाजामा अत्यावश्यक सामग्रीको अभावकाबीच मानवीय सङ्कट शुरु हुने सम्भावना रहेको छ ।

    युद्धविराम अवधिको अन्तिम समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न सहमत नभएर युद्धविरामको सर्तहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन् । युद्धविरामलाई थप गर्नेबारे वार्ता जारी नै रहेको बेला पुनः हिंसात्मक युद्ध शुरु भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ