• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    1.4K
    SHARES



    काठमाडौँ । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

    महेन्द्रनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको बसले ठक्कर दिँएका राप्तिसोनारी गाउँपालिका-८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट अर्का एकजना पैदल यात्रीको पनि ज्यान गएको छ ।

    पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका-७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

    ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ