• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विपिन जोशीको रिहाइका लागि प्यालेस्टाइन भ्रमण राख्न सांसद सुवालको माग

    1K
    SHARES



    काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि सांसदहरूको प्यालेस्टाइन भ्रमणको व्यवस्था गर्न माग गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले युरोपियन युनियनका सदस्य युद्धका बेला पनि केहि दिन अघि प्यालेस्टाइन गएको बताउँदै २-३ जना मात्रै भए पनि सांसदहरूको टोली प्यालेस्टाइन जाने व्यवस्था गर्न माग गरेका हुन् । उनले प्यालेस्टाइनसँग सम्पर्क राखेर सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    समितिले इजरायल र प्यालेस्टाइनबीच स्थायी युद्ध बिरामको पक्षमा विज्ञप्ति जारी गर्न पनि माग गरे । जवाफमा समिति सभापति राजकिशोर यादवले अहिले प्यालेस्टाइन जान व्यवहारिक र आर्थिक रूपमा पनि सम्भव नभएको बताए ।

    समितिले नीतिगत विषयमा मात्रै छलफल गर्न सक्ने बताउँदै कूटनैतिक हिसाबले पनि प्यालेस्टाइन जान नमिल्ने बताएका छन् । सांसद सुवालले संयुक्त राष्ट्र सङ्घले गर्ने भोटिङ प्रक्रियामा नेपालले प्यालेस्टाइनको पक्षमा मत दिन पनि माग गरे ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ