• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको मृत्यु

    1.6K
    SHARES



    काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ । युक्रेन-रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।

    यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको छ ।

    जसको बोधार्थ परराष्ट्र मन्त्रालय र युरोप-अमेरिका महाशाखालाई दिइएको छ । उक्त पत्रमा रुसी सेनाले टेलिग्राममार्फत मृत्युको जानकारी दिएको उल्लेख गरिएको छ ।

    पछिल्लो समय रुसी सेनामा भर्ती हुनेको संख्या बढिरहेको बताइन्छ । रुसी सेनामा भर्ती कार्य गैरकानुनी भएपनि नेपाली युवाहरुको आकर्षण बढिरहेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया