• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत एक नेपालीको मृत्यु

    1.7K
    SHARES



    काठमाडौँ। रूसी सेनामा भर्ना भएको एक नेपालीको मृत्यु भएको छ ।

    दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले इकागजलाई बताए ।

    रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए ।

    नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनीबारे थप विवरण आउन बाँकी छ ।

    यस्तै, कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको मृत्यु भएको छ ।

    उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा धनुषा जनकनन्दिनी गाउँपालिका-१ घर भई हाल उर्लाबारी-७ मा बस्दै आएका ४३ वर्षीय मरिताको मृत्यु भएको हो ।

    सोमबार राति साढे ११ बजे मृत्यु भएका मरिताको अनुहार, छाती, दुवै हात, दुवै खुट्टामा गरी १२ प्रतिशतदेखी १४ प्रतिशत जलेको मरिताको शरिरमा करिब ४० प्रतिशत भाग जलेको थियो । उक्त आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ