• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बझाङमा १४ किलो गाँजा र ७७ किलो कच्चा पदार्थसहित ३ जना पक्राउ

    1.1K
    SHARES



    काठमाडौँ। १४ किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित बझाङबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरु लाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-३ का ५५ वर्षीया राम गुरुङ रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले बताएका छन् ।

    शाहका अनुसार उनीहरुले खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको खुलेको छ ।

    उनीहरुको साथबाट १४ किलो २ सय १० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३ सय ५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ