• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मनोचिकित्सक नभएका १४ जिल्लाहरुमा मानसिक उपचार सेवा शुरु

    1K
    SHARES



    काठमाण्डाै । मानसिक स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्याउनका लागि भन्दै सरकारले मानसिक स्वास्थ्य उपचार सेवा नभएका १४ जिल्लामा सेवा शुरु गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा मनोचिकित्सक नभएका हरेक प्रदेशका २-२ जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा शुरु गरेको हो ।

    महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेका जिल्लामा मानसिक स्वास्थ्य सेवा पुर्याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा शुरु गरिएको जानकारी गराएका छन् ।

    उनका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बाग्मती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालीकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

    मनोचिकित्सकको टोली परिचालनसँगै अब यी जिल्लाका मानसिक रोगीले उपचारका लागि अरु ठाउँ धाउनु नपर्ने उनले बताए । मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । बिरामीले निःशुल्क औषधि पाउने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम समेत दिएको छ ।

    मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने सरकारको तयारी छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण-सन् २०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको पाइएको थियो ।

    विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा बहिरङ्ग विभागमा आएका बिरामीमध्ये ५ प्रतिशत बिरामीमा मानसिक स्वास्थ्य समस्या रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ