• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम सर्वसम्मत अनुमोदन

    1.3K
    SHARES



    काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

    आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको जसपाका सांसद प्रकाश अधिकारीले जानकारी गराए ।

    परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो । यही मंसिर २० गते सचिवको कार्यकाल सकिदै गर्दा सरकारले उनलाई क्यानडाको राजदूतमा सिफारिस गरेको हो ।

    सरकारले सिफारिस गरेपछि समितिले अनुमोदन गर्ने र तयसपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ । पौडेलविरुद्ध दुई वटाउजुरी परेका थिए । बैठकमा पौडेलले दिएको उजुरीमाथिको जवाफ चित्त बुझ्दो भएकाले सर्वसम्मत अनुमोदन गरेको अधिकारीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ