• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवामा थपिए ११ वटा बस

    2.5K
    SHARES



    काठमाण्डौ । काठमाण्डौको रत्नपार्क-भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आउँदैछ ।

    आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो । यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् ।

    आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म ३-३ मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् ।

    दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्ने समयतालिका रहेको छ । द्रुत बस सेवाका लागि सडकमा रङरोगन समेत गरिएको छ । ठाउँठाउँमा बोर्ड पनि राखिएका छन् ।

    काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन र यात्रुहरूको सहजताका लागि भनेर संविधान दिवसको अवसर पारेर गएको असोज ३ गतेदेखि द्रुत बस सेवाको शुरुवात गरिएको थियो । तर यो सेवा दशैँलगत्तै स्थगित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ