• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बर्दियामा आगलागी, ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

    1.4K
    SHARES



    काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

    एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकासहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बालिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताएका छन् ।

    गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ । स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको थप अनुन्धान गरिरहेको बताएको छ ।

    प्रहरीका अनुसार आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ