• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुर्गा प्रसाईंले साढे ४ बजे निवासभित्रै पत्रकार सम्मेलन गर्ने

    1.4K
    SHARES



    काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्दै छन् ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका उनलाई शुक्रवार प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।

    आफू होम अरेस्ट अर्थात नजरबन्दमा परेको बताउने उनले घरभित्र साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जनाएको छ ।

    दोस्रो दिनको आन्दोलन काठमाडौँको तीनकुनेमा गर्ने र श्रीलङ्काको शैलीमा नेताका घर घरमा जाने बताएपछि प्रशासनले उनी र उनका समर्थकमाथि कडा नीति लिएको छ ।

    काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनका समर्थकलाई पक्राउ गरेको छ भने उनको निवास स्थल ठिमीमा ठुलो सङ्ख्या सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । उनले आफ्ना १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ गरिएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ