• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुर्गा प्रसाईंको प्रदर्शनमा हिँडेका राजावादी अभियन्ताहरु पक्राउ

    552
    SHARES



    काठमाडौं । दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने भनेका थिए ।

    तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो ।

    त्यसपछि प्रहरीले प्रसाईंको आन्दोलनमा आउनेलाई ठाउँठाउँमा तितरवितर पार्न थालेको हो । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा प्रहरीले सुरक्षा दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ