• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

    1.1K
    SHARES



    काठमाडौँ। निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ ।

    बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मिति प्रस्ताव गरेको हो । प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता पौडेलले बताए ।

    फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ ।

    सो अनुसार आयोगले सरकारलाई आज मिति प्रस्ताव गरेको हो । माघ १५ गतेभित्रै राष्ट्रिय सभा सदस्यको पदपूर्ति गर्न आयोगले त्यसदिन मिति तोकेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ