• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    युवा संघ र दुर्गा प्रसाईँको काठमाडौं शक्ति प्रदर्शन (फोटो फिचर)

    1.8K
    SHARES



    काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा-विद्यार्थी विशेष शक्ति प्रदर्शनले यतिखेर काठमाडौं उपत्यकाको माहोल तताइरहेको छ ।

    दुवै पक्षको र्‍याली कार्यक्रमस्थलतर्फ लागेको छ । युवा संघको र्‍याली तीनकुनेबाट कोटेश्वर हुँदै पुन: तीनकुने पुगेर सभामा परिणत हुनेछ । युवा र विद्यार्थीका नेता-कार्यकर्ताले तीनकुने- कोटेश्वरसम्मको सडक भरिएको छ ।

    एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले र्‍यालीको नेतृत्व गरेका छन् ।

    त्यस्तै उपत्यका भित्रिएका दुर्गा प्रसाईँका समर्थकहरू पनि कार्यक्रमस्थल बल्खुतर्फ लागेका छन् । बल्खुतर्फ जाने र्‍यालीका लागि छुट्टाछुट्टै रुट तय गरिएको थियो ।

    दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ । कार्यक्रमस्थल जाने सडकमा सवारी आवागमन ठप्प रहेको छ । ट्राफिक र सुरक्षाकर्मीले ठाउँठाउँबाट सवारीसाधन डाइभर्ट गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया