• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भोलि अत्यावश्यक कामका लागि मात्र सवारी लिएर निस्किन ट्राफिक प्रहरीको अनुरोध

    17.6K
    SHARES

    काठमाडौं। ट्राफिक प्रहरीले भोलि आवश्यक काम बाहेक सवारी लिएर ननिस्किन अनुरोध गरेको छ ।

    युवा संघ नेपाल र दुर्गा प्रसाईँ समूहले गर्ने कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सूचनामार्फत उक्त अनुरोध गरेको हो ।

    कठमाडौं उपत्यका ट्राफिक प्रहरीले घरबाट निस्किनुअघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर निस्किन आग्रह गरेको छ ।

    त्यस्तै, भोलि कार्यक्रमको स्वरूप हेरेर सडकमा सवारी जुनसुकै ठाउँमा पनि डाइभर्सन गर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले दिएको छ । भोलि युवा संघले काठमाडौंको तीनकुने र प्रसाईँ समूहले बल्खुमा कार्यक्रम गर्ने भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ