• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माइतीघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरूद्ध सर्वोच्चमा रिट

    3.6K
    SHARES



    काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

    अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दिएका हुन् । अधिवक्ता नेपालका अनुसार बुधबारका लागि पेशी तोकिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विज्ञप्ति जारी गरेर माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख गरेको थियो ।

    नेकपा (एमाले) को भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा मंसिर ७ गते प्रदर्शन गर्ने तयारी गरेका थिए।

    एकैदिन दुई पक्षबीच एकै ठाउँमा प्रदर्शन गर्न लागेपछि प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न, दंगा भड्किन रोक्न भन्दै सोमबारदेखि ३० दिनसम्म माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ