• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्याङ्जामा ट्रयाक्टर दुर्घटना, २८ वर्षीय चालककाे मृत्यु

    1.5K
    SHARES



    स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १४ भिरबारीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

    दुर्घटनामा दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय रामहरि चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    भित्री सडक खण्डमा तोप्सेबाट लामागेका लागि छुटेको ग १ त ४९८७ नम्बरको ट्र्याक्टर बाटोमा पल्टिएको प्रहरीले जनाएको छ ।

    यस्तै, प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक-फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ ।

    भीमदत्त नगरपालिका-३, कञ्चनपुरका जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो । उता इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गरेर जोशी अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ ।

    यी दुईथरी सूचनाले जोशीका परिवारजनमा अन्योल बढाएको हो । जोशीका दाजु किशोर जोशीले भन्नुभयो, ‘हामी एकदमै आशावादी छौँ । राम्रो समाचार नै सुन्न चाहेका हौँ । तर वास्तविक कुरो के हो भनेर बुझ्न आजै (सोमबार) बिहान दूतावासमा सम्पर्क गरेको थिएँ । तर दूतावासले अझै सम्पर्कविहीन नै रहेको बतायो ।’

    दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशीसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ