• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इलाम बस दुर्घटना अपडेट- ज्यान गुमाउनेकाे सङ्ख्या ३ पुग्याे

    1.4K
    SHARES



    काठमाण्डाै । इलामकाे रोङ गाउँपालिका-३ कोल्बुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ३ पुगेकाे छ ।

    बस दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको उपचारका क्रममा ज्यान गएकाे हाे । हिजाे आइतवार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा ज्यान गएकाे हाे ।

    दुर्घटनामा आइतवार बेलुकी वडा नं-९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै ज्यान गएकाे थियाे । धनुषाको धारापानीबाट इलाम घुम्न गएका विद्यार्थीको टोली चढेकाे ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

    बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका-२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ