• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अर्थतन्त्रबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

    2.2K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् ।

    अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन् ।

    छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    ‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागि​पूर्वतयारीस्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफलल गर्न लाग्नुभएको हो’, उनले भने ।

    यस्तै, जाजरकाेट र रुकुम पश्चिममा गएकाे कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारी शुरु गरिएकाे छ ।

    भूकम्पले क्षति पुर्याएकाे विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन शुरु हुन लागेको हो ।

    रुकुम पश्चिम र जाजरकोटमा अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ शुरु गर्न लागिएको हाे । ती जिल्लाका केही पालिकाका विद्यालयमा मङ्गलवार भाेलिदेखि नै पठनपाठन शुरु हुने भएको छ भने केही पालिकाका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ