• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विराटनगरमा एटीएम मेसिन फोडेको आरोपमा एक जना पक्राउ

    1.6K
    SHARES



    काठमाडौँ । विराटनगरको मुख्य बजारमा एटीएम मेसिन फोडेर पैसा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    प्रकाउ पर्नेमा विराटनगर-११ घर भई वडा नम्बर-९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामत रहेका छन् ।

    उनलाई विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोर्डदै गर्दा प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

    दाहालका अनुसार विराटनगर-९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोर्डदै गर्दा कामत पक्राउ परेका हुन् ।

    कामतले चाबी र सानो फलामको चक्कुले एटिएम मेसिन खोल्ने प्रयास गरेका थिए । उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद छ । पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ