• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कपडा किनेर नक्कली नोट दिने दुई जना पक्राउ

    2.1K
    SHARES



    काठमाण्डाै। पर्साकाे वीरगञ्जमा नक्कली नाेटसहित २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे बताए ।

    थापाका अनुसार उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ