• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    युट्युव ट्रेन्डिङमा अभिनेता दयाहाङ राईका चार फिल्म

    1.6K
    SHARES



    काठमाडौं । हलपछि अब युट्युवमा पनि अभिनेता दयाहाङ राईको दबदबा देखिएको छ । उनी अभिनित चार नेपाली फिल्म यतिबेला युट्युवको नेपाल ट्रेन्डिङमा छन् ।

    जसमध्ये ‘के घर के डेरा’ ट्रेन्डिङको शीर्षस्थानमा छ । मंगलबार बेलुकासम्म यो फिल्मलाई २३ लाख पटक हेरिएको छ । दोस्रो स्थानमा ‘बिहे पास’ छ जसलाई मंगलबार बेलुकासम्म २१ लाख पटक हेरिएको छ ।

    ट्रेन्डिङको तेस्रो स्थानमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ छ जसलाई ८८ लाख पटक हेरिएको छ । पाँचौ स्थानमा रहेको ‘फूलबारी’लाई ९६ लाख पटक हेरिएको छ ।

    युट्युवबाहेक हलमा पनि दयाहाङको शीर्ष भूमिका रहेको फिल्म ‘दिमाग खराब’ चलिरहेको छ । यतिमात्र होइन, उनी ‘डिग्री माइला’ लगायतका फिल्मको छायांकनमा ब्यस्त छन् ।

    समग्रमा हलमा हिट भएका राई अभिनित यी फिल्मलाई युट्युवमा पनि रुचाइएको देखिएको छ । दर्शकीय प्रतिक्रिया सकारात्मक मात्र होइन, तिहारको समयमा पनि यी फिल्मले ट्रेन्डिङ कब्जा गरेको देखिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ