• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नौगाड गाउँपालिकाका अध्यक्ष धामी चढेको गाडी दुर्घटना

    2.1K
    SHARES



    दार्चुला। दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी सवार गाडी दुर्घटना भएको छ ।

    नौगाड-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नम्बर ३-०२२ च ५१२९ नम्बरको जीप नौगाड-३ बगडकाे जामिरमा आज बिहीवार दिउँसो दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा परि चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका र गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी गराएका छन् ।

    सिंहका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । दुर्घटनामा परेकाे जीप नौगाड गाउँपालिकाले भाडामा लिएको बुझिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ