• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अछाममा श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

    1.7K
    SHARES



    अछाम । अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् ।

    जिल्लाको मंगलसेन नगरपालिका-३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् ।

    घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोटपटक लागेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) सन्तोष पाठकले बताए ।

    मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीको आसंका छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । घटनाका बारेमा आवस्यक अनुसन्धान भइरहेको छ ।

    यस्तै, खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट २ जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका-४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले हिजो राति विवादका क्रममा कोदो कुट्ने मुंग्रोले टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन राई घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालका अनुसार मुंग्राले टाउकोमा लाग्दा घाइते भएका भुवनलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पतालमा लगिएको छ ।

    घाइतेलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि राजविराज लगिएको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

    भुवनलाई मुंग्रोले हान्ने विजयलाई भने प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ