• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिन्धुली कारागारमा एक कैदीको मृत्यु

    1.9K
    SHARES



    काठमाडौँ । जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० घर भएका विमल मगर रहेका छन् । ३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताएका छन् ।

    भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए । राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए ।

    स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन् । सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए । उनले भने-‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ