• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो’

    5.9K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता खलबल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

    आज भक्तपुरमा नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ छ ।

    उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ