• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लुटेराको आक्रमणबाट रौतहटमा २ जना घाइते

    1.3K
    SHARES



    रौतहट । लुटेराको आक्रमणबाट रौतहटमा २ जना घाइते भएका छन् ।

    रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन् ।

    सो क्रममा लुटेरा समूहले आक्रमणमा परि २ जना महिला घाइते भएका हुन् । आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ ।

    घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् ।

    लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ । घाइते दुवै जना महिलाहरूको अहिले चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

    इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइलाले घटनाको पुष्टि गर्दै लुटेरा समूहको खोजी भइरहेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ