• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हेटौँडामा मोटरसाइकल दुर्घटना, २२ वर्षीय थापाको मृत्यु

    1.4K
    SHARES



    काठमाण्डाै। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ । मोटरसाइकलमा रहेका अरु २ जना घाइते छन् ।

    ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटाैँडा-४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटाैँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

    मोटरसाइकल थापाले नै चलाएका थिए । मोटरसाइकलको पछाडि बसेका हेटाैँडा-२ सङ्गमचोककी १८ वर्षीया बेबिशा खड्गीको अवस्था गम्भीर रहेको छ । खड्गीलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।

    यस्तै, हेटाैँडा-५ गर्दोइ बस्ने १९ वर्षीया विनिता थापाको हेटौँडा अस्पतालमै उपचार हुँदै छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ