• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौं महानगरद्वारा २७ डाक्टर र ५ खाद्यविज्ञका लागि आवेदन खुला

    1.2K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ ।

    शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो । महानगरका अनुसार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको हो ।

    यस्तै महानगरले सञ्चालन गर्न लागेको ल्याबको लागि खाद्य विज्ञ माग गरेको छ । महानगरपालिकाले सातौं तहको माइक्रोबाइलोजिस्ट २ जना, फुड टेक्नोलोजिस्ट ३ जना मागेको हो ।

    महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार खाद्य सम्बन्धी गुणस्तर मापन गर्न महानगरपालिकाले आफ्नै कर्मचारी राख्न लागेको हो ।

    ‘हामी आफैं ल्याब सञ्चालन गरेर, महानगरले गरेको अनुगमनको रिपोर्टका आधारमा कारबाही गर्छौं, अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मार्फत काम गरिरहेका छौं । फुड इन्सपेक्टरको रुपमा विज्ञहरुले काम गर्छन्’, डा. झाले भने ।

    काठमाडौं महानगरको १२ भदौ २०७९ को कार्यपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको थियो ।

    बैठकमा मेयर बालेन शाहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । तर स्नातकोत्तर योग्यता राख्दा प्रतिस्पर्धा गर्ने जनशक्ति कम हुने देखिएपछि स्नातक योग्यता तोकेर सूचना निकालिएको झाले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ