• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नवलपुरको देवचुलीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

    2.3K
    SHARES



    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

    आज बिहान साढे एघार बजेको समयमा जिल्लाको पहाडीक्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ को गोरेघुम्तीमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

    दुर्घटनामा एक जना घाइते भएको तथा जीपमा सात जना चढेको पनि उहाँले बताउनुभयो । जीप अनियन्त्रित भएर घरको भित्तामा ठोक्किन पुगेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घटनाको थप विवरण आउन र मृतकको परिचय खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ