• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आगलागीमा परी दिलकुमारी र लालमायाको मृत्यु

    3.3K
    SHARES



    काठमाडौँ । झापा र भोजपुरमा आगलागीमा परी २ महिलाको मृत्यु भएको छ ।

    झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

    आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन् । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ ।

    साथै आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उता भोजपुरको आमचोक गाउँपालिका-६ राधुन बस्ने ७५ वर्षीया लालमाया राईको आगोमा जलेर शुक्रबार राति मृत्यु भएको छ ।

    आफ्नै घरमा तरकारी पकाउने क्रममा आगोमा जलेर उनको मृत्यु भएको हो । आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ